अर्घाखाँचीमा आगो लागीमा परि ५ जना घाइते

Read in 0.0 mintue

अर्घाखाँची

भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला किनाराको जोगिथुमको जंगलमा लागेको आगो घरमा सल्किएपछि आगालागीमा परि ५ जना घाइते भएका छन् ।
जंगलबाट स्थानीय ५५ वर्षीय पदम बेल्वासेको घरमा आगो सल्केपछि आगो निभाउन खोज्दा उनी सक्त घाईते भएका छन् । अन्य चार जना छिमेकी पनि घाईते भएका छन् ।

घाइते हुनेमा ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पिताम्बर बेल्वासे र २६ वर्षीय अस्मिता बेल्वासे रहेको प्रहरीले जनाएको छ । जङलको आगो गाउँमा आएको खबर पाएपछि स्थानिय ,जनप्रतिनिधि सदरमुकामबाट प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने प्रयास भएको थियो । अहिले आगो नियन्त्रणमा आएको स्थानियले बताएका छन् ।

आगोले घाईतेहरूको शरीरका विभिन्न ठाउँमा पोलेको छ । घाईतेहरूको अर्घाखाँची अस्पताल सन्धिखर्कमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा लगिएको जिल्ला प्रहरी प्रमुख मुकुन्द रिजालले जानकारी दिए । जङलमा लागेको आगो हावाहुरीले घर्तिगाउँमा पसेको थियो ।आगोमा परि गोठमा रहेको एउटा दुहुनो भैंसी घाइते भएको र एउटा बाख्राको पाठो मरेको छ । आगलागीबाट करिब १० लाख बराबरको क्षती भएको अनुमान गरिएको भुमिकास्थान २ का वार्ड अध्यक्ष बुद्धि बहादुर थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?