नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड जाेमसाेम शाखा द्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Read in 0.0 mintue

काठमाडौं ।
जोमसोम काे जनहित माध्यमिक विद्यालयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड जाेमसाेम शाखा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

जोमसोम– मुस्ताङको घरपझोङ गाउँपालिका–4 जोमसोममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ‘वित्तिय साक्षरता’कार्यक्रम गरेको हो । नेपाल राष्ट्र बैंकको ‘प्लान योर मनी,प्लान योर फिउचर’ नारासहित ग्लोबल मनी सप्ताह’ घोषणा गरेसंगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले जोमसोममा शुक्रबार वित्तिय साक्षरता अभिमुखीकरण गरेको थियो ।

कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जाेमसाेम शाखाका प्रबन्धक महेस थकाली र जोमसोम शाखा कर्जा डिपार्टमेन्ट का कर्मचारी सन्तोष कुमार सिंहले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, डिपार्टमेन्ट तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी दिएका थिए ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड जोमसोम शाखाकी संञ्चालक प्रमुख सृजना थकाली ले बैंक को बैकिङ कारोबार, बैकको विद्यमान अवस्था र डिजिटल बैकिङ कारोबार लगायतका बिषयमा र बैंक अल्टरनेटिभ डेलिभरी च्यानलको बिषयमा प्रस्तुतीकरण गरिन् ।जिल्लाको घर्पझोङ गाउँपलिका -४ स्थित जनहित माध्यमिक विद्यालयका करिब पचास जना विद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकाेमा विद्यालयका शिक्षक कर्ण थकाली नेपाल इन्भेष्टमेन्ट मेगा बैकलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी सरोज जि सि ले बताए ।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ। पुस १४ गते (बिहीबार) बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । बैंकले वित्तिय साक्षरता कार्यक्रम देश भरी संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?