सुरू भएका याेजना पूरा गर्न आफु विजयी हुन आवश्यक : रायमाझी

Read in 0.0 mintue

गणेश खनाल , अर्घाखाँची ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेद्वार टाेपबहादुर रायमाझीले सुरू भएका याेजना पूरा गर्न आफुलाइ विजयी बनाउन मतदातालाइ आग्रह गर्नुभयाे ।

१५ वर्षमा अगाडि ठुलापाेखरा,छत्रगन्ज,केरूङगा लगाएत छत्रदेव गाउँपालिकाे अवस्था कस्ताे थियाे आज कस्ताे छ हेर्न आग्रह गर्दै पुल नभएका पुल र सडक नपुगेका ठाउँमा सडक पुयाईएकाे बताउनुभयाे ।

पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका रायमाझीले बृद्वभत्ता एमालेले सुुरू गरेकाे एमालेकै सरकारले बृद्वि गरि ४ हजार पुयाएकाे बताउदै यसलाई दाेव्वर बृद्वि गरि ८ हजार बनाउने बताउनुभयाे ।

विगतका विकासका याेजनालाइ निरन्तरता दिन पनि विजयी हुन आवश्यक रहेकाे बताउदै समृद्ध अर्घाखाँचीकाे लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयाे ।

नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसाल,युवा इन्चार्ज खुविराम आर्चाय लगाएतकाे उपस्थित रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?