Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

विरेन्द्र केसी ,अर्घाखाँची ।

सन्धिखर्कको निर्माणाधीन अर्घाभगवती विमानस्थलको रनवेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार १० बजेतिर विमानस्थलको रनवेमा ओभर स्पिडका कारण मोटरसाइलक अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइन बस्ने २२ वर्षीय कृतिम रायमाझी रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए ।
रोशनले चलाएको प्रदेश नं. २-०३८ नम्बरको मोटरसाइकल निर्मार्णाधीन विमानस्थलको रनवेबाट अनियन्त्रित भई करिब २ सय मिटर तल खोल्सामा खसेको थियो । उक्त मोटरसाइकलमा रायमाझी सवार थिए ।

सँगसँगै गएका साथीहरू दुर्घटनामा परेको थाहा पाएपछि खोजतलासका लागि सन्धिखर्क नगरपालिका–२ बस्ने हेमराज भुसालले चलाएको बा. २५ प ८८७६ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भई विमानस्थल रनवेबाट करिब एक सय मिटर तल खस्दा भुसाल र मोटरसाइकल पछाडि बस्ने सन्धिखर्क नगरपालिका–२ बस्ने २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । उनीहरूको सन्धिखर्क अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

उनीहरू चार जना दुईवटा मोटरसाइकलमा राति १० बजेतिर विमानस्थल रवनेमा पुगेका थिए । रनवेमा मोटरसाइकल दौडाउँदा अनियन्त्रित भई मोटरसाइकल खोल्सामा खसेको थियो । मोटरसाइकल अत्यधिक स्पिडका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?