अपाङ्ग दृष्टिविहिन आश्रममा सहयोग

Read in 0.0 mintue

बुटवल ।

लायन्स क्लव अफ बुटवल स्टार्सद्धारा लुम्बिनी अपाङ्ग तथा दृष्टिविहिन अनाथ आश्रम बुटवल–१५ उजेलापुरलाई सहयोग गरेको छ ।

क्लवका अध्यक्ष विजय कुमार बर्णवालको जन्मोत्सवको अवसरमा आश्रममा १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

लायन्स डिष्ट्रिक ३२५ पिका सचिव तथा क्लवका संस्थापक अध्यक्ष सन्दीप कसौधन, निर्वतमान अध्यक्ष एन्जील खानले संयुक्त रुपमा आश्रमका सचिव लिलाराम रोकलाई प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष सन्दीप कसौधनले विगत लामो समय देखि लायन्स स्टार्सले नमुनायोग्य कामगर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताएका थिए ।

कार्यक्रममा क्लवका सचिव डि.एस भट्टराईले क्लवले सामाजिक क्षेत्रका अनुकरणीय काम गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?