स्वर्गीय बुवा आमाकाे स्मृतिमा प्रतिक्षालय निर्माण

Read in 0.0 mintue

अर्जुन भुसाल ,अर्घाखाँची ।  सन्धिखर्क ८ किमडाँडाका टिकाराम नेपालीले आमा बुवाकाे स्मृतिमा मुखियाचाैरमा प्रतिक्षालय निर्माण गर्नुभएको छ ।

बुवा लाेकबहादुर र आमा गाेमाकाे सम्झनामा २ लाख ५० हजारकाे लगानीमा प्रतिक्षालय निर्माण गर्नुभएकाे हाे । आमा गाेमाकाे ०५३ सालसा ६५ वर्ष र बुवा लाेकबहादुरकाे ०५६ सालमा ६२ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।

मुखियाचाैर मानिसहरूकाे जमघट हुने स्थल हाे । साे स्थानमा विभिन्न संघ संस्थाका भेला तथा बैठकहरू हुने गरेका छन् । अब ति बैठकहरू प्रतिक्षालय भित्र बसेर गर्न सकिने भएकाे छ । नेपालीले प्रतिक्षालय निर्माण गरेपछि स्थानीय खुसी भएका छन् । उहाँले विभिन्न सामाजिक कामहरू गर्दै आइरहनुभएकाे छ । नेपालीले व्यवसायीक रूपमा कृषि पेशा गर्नुहुन्छ । उहाँले आमा बुवाकाे नाममा समाजिक काम गर्ने लामाे समय देखिकाे इच्छा पूरा भएकाे भन्दै आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?