बाजुराको बुढीगंगा नगरपालिका- ९ मा एमालेको प्यानलनै विजयी

Read in 0.0 mintue

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ मा एमालेको प्यानलनै विजयी भएको छ । मिनबहादुर सिंहको प्यानल नै वडामा विजयी भएको छ । अध्यक्षमा मिनबहादुरले ४ सय ९२ मत प्राप्त गरेका छन । त्यस्तै पराजित भएका नेकपा एकीकृत समाजवादीका भरत बहादुर थापाले २ सय ९३ मत प्राप्त गरेका छन ।

सदस्यहरूमा सबै एमालेका विजयी भएका छन । दाने सेराला, मीनबहादुर थापा, उमादेवी पाध्याय र बदी नेपाली विजयी भएका छन । वडा नम्बर ९ एमाले नेता कर्णबहादुर थापाकाे गृह वडा हो ।

वडा नम्बर ९ मा एमालेले मेयरमा ५ सय ७२ र काँग्रेस मेयरले २ सय ५६ मत प्राप्त गरेका छन । एमाले उपमेयरले ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत प्रप्त गरेका छन । यसअघि १ र १० पनि एमालेले जितिसकेकाे छ। गणना जारी रहेकाे २ मा पनि एमाले भारी मत अन्तरले जित नजिक छ ! गणना बाँकी ३ र ६ मा एमाले र ४ र ८ मा काँग्रेसकाे पकड छ । भने ५ र ७ मा कडा प्रतिस्पर्धा रहने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?