संगठित अन्तरघात हुँदा नेपाली काँग्रेस पराजय: गौतम

Read in 0.0 mintue

अर्घाखाँची ।

काङ्ग्रेस सचिब अच्यूत गौतमले संगठित अन्तरघात हुँदा नेपाली काँग्रेस पराजयको मुख्य कारण भएको बताएका छ्न । उनले प्रेस विज्ञप्ति मार्फत बताएका हुन ।

प्रेस बिज्ञप्ती
गत बैशाख ३० गते भएको स्थानिय तह सदस्य निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी भई आफुले इच्छाएको उमेद्वारलाई मतदान गर्दै निर्वाचनलाई सफल बनाउनु भएकोमा सम्पूर्ण पाणिनीवासी प्रती हार्दिक आभार ब्यक्त गर्दछु।
हरेक पाँच बर्षमा आउने यस महायज्ञमा म स्वयम पनि नेपाली कांग्रेसको तर्फ बाट पाणिनी गाउँपालिका अध्यक्षको प्रत्यासिको रुपमा मैदानमा उत्रीएको जगजाहेर नै छ । मलाई बिश्वास गर्दै दोश्रो कार्यकालको लागी नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनाउने पार्टी पङ्ती प्रती कृतज्ञ छु ।
नेपाल राज्यको पुनसंरचना गरेपछी पहिलो पल्ट २०७४ मा भएको स्थानिय तह सदस्य निर्वाचनमा म पाणिनीवासीहरुको माया र सद्भावले पालिका प्रमुख पदमा निर्वाचित हुन सफल भए । नयाँ संरचना, भौतिक पुर्वाधारको अभाव, कर्मचारी ब्यबस्थापनमा उल्झनले पहिलो कार्यकालको अधिकांस समय र उर्जा यावत कुरामा खर्च गर्नु पर्ने अवस्था आयो । यध्यपी हामिले सम्बृद्द पाणिनीको जग हाल्न भने सफल भएका छौ ।
पहिलो कार्यकालमा सुरु गरेका कामलाई पूर्णता दिन र पाणिनी गाउँपालिकालाई सम्बृद्द र समुन्नत गाउँपालिका बनाउने नेपाली कांग्रेसको अभियानलाई सार्थक तुल्याउन यसपटकको मेरो उमेद्वारी स्वभाबिक हो भन्ने ठान्दछु । बलियो र सुदृढ पार्टी संगठन, इमान्दार पार्टी सदस्य र गाउँपालिका बिकासमा गरेको प्रयत्न हामिले जित्ने आधार ठानेका थियौ । तर हाम्रो आंकलन बिपरित हामी पाणिनी गाउँपालिकामा पराजित हुन पुग्यौ । लोकतान्त्रीक पद्दतिमा हार – जित स्वभाविक भए पनि पाणिनीमा नेपाली कांग्रेसको हार अनपेक्षित हो भन्ने मलाई लाग्छ । अनेक सहायक कारण हुँदाहुँदै पनि पार्टी भित्र मौलाएको अनुशासन हिनाता र संगठित अन्तरघात नेपाली कांग्रेस पराजयको प्रमुख कारण हो भन्ने प्रारम्भिक निस्कर्श निकालेको छु ।
साथै, पार्टी भित्र मौलाएको अनुशासनहिनता र अन्तर्घातको निरुपण सही तरिकाले सही समयमा गरिएन भने समस्या झन विकराल बन्दै जाने कुरा नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई ध्यानाकर्षण गराउन चाहान्छु ।
यस मित्रवत प्रतिस्पर्धामा अध्यक्ष पदमा बिजय हाँसिल गर्नु भएका मेरा मित्र तथा नेकपा एमालेका नेता टेकराज न्यौपाने र उपाध्यक्ष पदमा बिजय हाँसिल गर्नु भएकी नेता नर्मदा गौतम पौडेल लगायत पाणिनी गाउँपालिकाका हरेक वडाबाट निर्वाचित वडा अध्यक्ष एवम सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । र अगामी ५ बर्ष रचनात्मक प्रतिपक्षको भूमिका निभाउदै नेपाली कांग्रेसले गाउँपालिकामा हुने हरेक गलत कृयाकलाप र ढिलासुस्तिको खवरदारी गर्ने कुरा जानकारी गराउन चाहान्छु ।
साथै, निर्वाचन घोषणा भएपछी रातदिन नभनी पार्टीलाई जिताउन अहोरात्र खटिने नेपाली कांग्रेस पार्टीका सम्पूर्ण नेता कार्यकर्ता सम्पुण मतदाता तथा निर्बाचनमा सभागि सबैलाइ हार्दिक धन्यवाद दिन चाहान्छु । त्यसैगरी निर्वाचनलाई शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन खटिने सुरक्षाकर्मी एवम कर्मचारीहरुलाई बिशेष धन्यवाद व्यक्त गर्दछु । निर्वाचन देखी मतगणना सम्म पलपलको खबर जनाता माझ पुर्याउन खटिनुहुने पत्रकार मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहान्छु ।

अन्त्यमा, वास्तबिक लोकतन्त्रवादिको पहिचान जितमा भन्दा पनि पराजयको क्षणमा हुन्छ । त्यसैले सम्पूर्ण नेपाली कांग्रेसका सदस्यहरुलाई कत्तिपनी बिचलित नभै पार्टीकाका काममा निरन्तर सकृय हुन र यसै बर्ष हुने प्रदेश र संघको निर्वाचनमा पार्टीलाई अत्यधिक मतले विजयी गराउने गरी तयारी गर्न हार्दिक अपिल गर्दछु ।
अच्युत गौतम
२०७९ जेठ २

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?