Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

एसिया कपमा नेपाल र भारत खेल्दै, रोहित भर्सेस रोहितको भिडन्त

श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे हुनेछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।

टेष्ट र टी-२० फर्म्याटको नम्बर वान टिम भारतसँगको खेल नेपालको लागि बहुप्रतिक्षित बनेको छ । छिमेकी भएर पनि नेपालले भारतसँग खेल्न लामो प्रतिक्षा नै गर्नुपर्‍यो । पहिलो पटक एसिया कप खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । सधैँ टिभीमा हेर्दै आएको रोहित शर्मा, विराट कोहली जस्ता लेजेण्डसँग अब नेपालले मैदानमै खेल्दैछ ।

एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको थियो । बुधबार मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

भारतसँग नेपालले खेलेको प्रत्यक्ष हेर्नका लागि धेरै नेपाली समर्थक उत्साहित छन् । हजारौँ समर्थक तथा दर्शक नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका नै पुगेका छन् ।

कप्तान र प्रशिक्षकको संयोग

संयोगबस भारत र नेपाल दुवै टिमका कप्तान रोहित छन् । नेपाली कप्तान रोहित पौडेलका आइडल पनि हुन् भारतीय कप्तान रोहित शर्मा । नेपालका कप्तान रोहितले आइडल खेलाडीको विरुद्ध खेल्न उत्साहित रहेको एसिया कप जानुअघि नै बताएका थिए ।

खेलअघि टस गर्दादेखि नै यो खेल रोहित भर्सेस रोहित हुनेछ । टस पनि रोहितले जित्नेछ भने खेल पनि रोहितकै टिमले जित्नेछ । तर कुन रोहितले जित्नेछ भन्ने थाहा पाउन टस र खेल नै कुर्नुपर्नेछ ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाई

नेपालले भारतसँग खेल्नु पाउनु नै ठूलो कुरा रहेकाले नेपाली टिमले सकेसम्म यसलाई इन्जोए गर्ने मुख्य प्रशिक्षक मोन्टी देसाईले बताएका थिए । यस्तै खेलबाट दुई भारतीय प्रशिक्षक राहुल द्रविड र मोन्टी पनि आमने-सामने हुँदैछन् । कुनै समय आईपीएल टोली राजस्थान रोयल्समा यी दुईले सँगै काम गरेका थिए । तर सोमबार द्रविड भारतकै प्रशिक्षकमा हुँदा मोन्टी भने नेपाली टिममा हुनेछन् ।

यसअघि मोन्टी नेपालको ब्याटिङ कन्सलटेन्ट हुँदा नै नेपाली यू-१९ टिमले भारतको यू-१९ टिममाथि ऐतिहासिक जित निकालेको थियो । त्यतिबेला भारतको यू-१९ को प्रशिक्षक द्रविड नै थिए । नेपाल यू-१९ को प्रशिक्षक भने विनोद दास थिए । अहिले विनोद दास क्यानको क्रिकेट डिरेक्टरको भूमिका छन् र उनी एसिया कपमा नेपाली टिमसँगै छन् ।

मोन्टीले एसिया कप खेल्न जानुअघि आफूले दुवै देशको राष्ट्रिय गान गाउने बताएका थिए ।

अवसर सदुपयोग गर्ने नेपालको योजना

नेपाल भारतविरुद्ध पहिलो पटक खेल्न पाएको अवसर सदुपयोग गर्ने योजनामा छ । भारतविरुद्ध हार वा खेल रद्ध भएमा नेपाल समूह चरणबाट बाहिरिँदै घर फर्कने छ । यदि नेपालले अप्रत्यासित नतिजा निकालेमा भने भारत समूह चरणबाट बाहिरिनेछ आजको खेलमा जसप्रति बुमराहले नेपालविरुद्ध खेल्ने छैनन् । उनी व्यक्तिगत कारणले मुम्बई फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुफर फोर चरणमा भने उनी श्रीलंका जाने बताइएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग मुलतानमा फराकिलो हार बेहोरेपछि अनुभवी टोलीविरुद्ध कसरी खेल्ने भन्ने पाठ नेपालले सिकेको छ ।

वर्षाको सम्भावना

नेपाल र भारतबीचको खेलमा वर्षा हुने सम्भावना पनि छ । पाल्लेकेले मैदानमा यसअघि गत शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाले बारम्बार प्रभावित हुँदा दुवैले अंक बाँडेका थिए । भारतले पहिलो इनिङ्समा ब्याटिङ गरे पनि दोस्रो इनिङ्स वर्षाकै कारण हुन सकेन ।

श्रीलंकाको पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान

त्यही मैदानमा नेपाल र भारतको खेल हुन लागेको हो । तर वर्षाले खेल प्रभावित हुने सम्भावना छ । सोमबार ८० प्रतिशत वर्षा हुने प्रक्षेपण मौसमविदले गरेका छन् । यदि खेल वर्षाले रद्ध भए दुवैले अंक बाँड्ने छन् र समूह ‘ए’ बाट भारत सुपर फोरमा पुग्नेछ । पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?