छत्रदेवमा बिभिन्न पार्टी परित्याग गरि ४५ घर धुरी एमाले प्रवेश

Read in 0.0 mintue

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वार्ड नं ७ साबिकको भगवती वार्ड नं १ र २ का ४५ घरधुरी नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा ने क पा एमाले अर्घाखाँचीले पनि पार्टी प्रबेश तःथा चुनाब केन्द्रित कार्यक्रमहरुलाई तिब्रता दिन थालेको छ । यसैक्रममा शनिबार एक कार्यक्रमका बीच
छत्रदेव ७ नं वार्ड कमिटीले शनिबार राखेको नया बर्षको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

यसरि ने क पा एमाले पार्टीमा प्रवेश गर्नेमा ने क पा मावबादी केन्द्र र नेपालि कांग्रेसका नेता तथा कार्यकर्ता छन् |
नव प्रवेशी कार्यकर्तालाई ने क पा एमाले केन्द्रिय सदस्य ,अर्घाखाँची पार्टी स.इन्चार्ज ,निर्वाचन क्षेत्र नं १ का माननीय सांसद चेतानारायण आचार्यले फुल टिका र खादा ओढाई स्वागत गरे |

सोहि कार्यक्रममा बोल्दै नेता आचार्यले नव प्रवेशी कार्यकर्ताहरुका बीच युवाहरु बेरोजगारीको कारण खाडीमुलुक जानुपर्ने परिस्थितिलाई अन्त्य गर्न स्वदेशमै उत्पादन मुखी कार्यक्रममा जोड्ने गरि पार्टीले योजना अगाडी बढाएको र छत्रदेवमा ११ वटा बाटोहरुको स्तर उन्नति,२५ वटा भन्दाबढी खानेपानी योजना एमालेको सरकार छदा संघ र प्रदेश सरकारको पहलमा योजना अगाडी बढाइएको र अहिले सम्पन्न हुने क्रममा रहेको र युद्ध स्तरमा काम भइरहेको ठोकुवा गर्नु भयो ।       देश यत्तिबेला एमालेमय बनेको देखेर बिपक्षी पार्टीहरु अत्तालिएर गठबन्दन गरेता पनि अर्घाखाँचीका सबै स्थानीय तहहरुमा बहुमतका साथ ने क पा एमाले बिजयी हुनेमा कुनै शंका नरेहेको हुदा सबै मिलेर एक ढिक्का बनेर चुनाबी प्रचारमा लागि पर्न समेत आग्रह गर्नुभयो|
कार्यक्रममा मन्तब्य राख्दै ने क पा एमाले का क्षेत्रीय कमिटि सचिब छ्त्रदेव का युवा नेता दिपक पन्थीले नेपालीको अबको उज्वल भबिष्य एमाले कै काधमा रहेको हुदा संघ प्रदेश र जिल्लाका सबै स्थानीय तहमा ने क पा एमाले को जित बहुमतका साथ् सुनिस्चित रहेको दाबि गर्नु भयो ।

कार्यक्रममै बोल्दै लुम्बिनी प्रदेश कमिटि सदस्य प्रकाश ज्ञवालिले ने क पा मावबादी केन्द्रको ९० प्रतिशत भन्दा बढी कार्यक्रता एमालेमा प्रवेश गरिसकेको हुदा छत्रदेवमा बहुमतका साथ एमाले बिजयी हुने ठोकुवा गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला कमिटि स इन्चार्ज अर्घाखाँची क्षेत्र नं १ का सांसद चेतनारायण आचार्यको प्रमुख आतिथ्यता तथा ७ नं वार्ड कमिटि अध्यक्ष टामलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि सदस्य प्रकाश ज्ञवाली जिल्ला कमिटि उप सचिब शम्भु पोख्रेल ,निवाचन क्षेत्र नं १ का सचिब दिपक पन्थी ,जिल्ला कमिटि सदस्य तथा छत्रदेव पालिका कमिटि इन्चार्ज माधब पन्थी,युवा संघ नेपालका केन्द्रिय सदस्य कमल न्यौपाने ,छत्रदेव वार्ड नं ७ का वडा अध्यक्ष शोभाखर पाण्डे ,जिल्ला कमिटि सदस्य तथा प्रचार बिभाग प्रमुख शोभाखर पन्थी, प्रेस चौतारी नेपाल अर्घाखाँची कार्यसमिति सदस्य दिपेन्द्र श्रेष्ठ लगाएतको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन पालिका स्कुल बिभाग उप प्रमुख भोजराज पाण्डेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?