वैवाहिक बन्धनमा बाँधिइन् सोबिता गौतम

Read in 0.0 mintue

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।

सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?