विद्युतीय गाडी सञ्चालनको तयारी

Read in 0.0 mintue

अर्घाखाँची । अर्घाखाँचीमा विद्युतीय गाडी सञ्चालनको अन्तिम चरणमा पुगेको छ । अर्घा भगवति यातायात प्रा.ली. नामक सस्था दर्ता गरि हाललाई १५ वटा गाडी सञ्चालन गर्ने गरि तयारी भईरहेको प्रा.ली.का अध्यक्ष के.वी. भुसालले जानाकारी दिनुभयो ।


तिहार अगाडी सञ्चालन गर्ने गरि आवश्यक प्रक्रिया मिलाउन थालिएको जनाईएकोे छ । परिक्षणको रुपमा अहिले केहि सवारी साधनहरु गाउँवस्तीहरुमा गुडाईरहेको बताईएको छ । यात्रुहरुलाई जिल्लामा चल्दै आएको भाडादरमा समेत केहि छुट दिदै यातायात सञ्चालन गरिने महासचिव कुशल भुसालले बताउनुभयो ।
ग्रामिण भेग देखी शहर सम्म रुट रहने गरि यातायात सञ्चालन गरिने संस्थाका सदस्य नारायण बस्नेतले जानाकारी दिनुभयो । जिल्ला नयाँ प्रविधिको सवारी चड्न पाउँदा जिल्लावासी खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?