Free Porn
1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet

आठ करोडको खसी, बोका, च्याङ्ग्रा खरिद गर्दै

काठमाडौँ, असोज ४ गते । सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ ।  चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका लागि तीन हजार खसी,बोका तथा च्याङ्ग्रा खरिद हुनेछन् ।

जसमध्ये दुई हजार खसी र बोका रहनेछन् भने एक हजार च्याङ्ग्रा खरिद गरिने न्यौपानेले बताउनुभयो । वार्षिक कार्यपालिका अनुसार नै कम्पनीले खसी, बोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले प्रत्येक वर्ष नै सहुलियत पसल र खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्दै आएको छ । यस वर्ष पनि सोही कार्यक्रमका लागि आठ करोड ३३ लाख रकम छुट्टाएका छौँ ।” उहाँका अनुसार कम्पनीले प्रस्ताव गरेको रकम केही दिनमै मन्त्रालयमा पेस हुने र निर्णय हुनेछ ।

गत वर्ष जस्तै यसवर्ष पनि सहुलियत पसलहरू रहने उहाँको भनाइ छ  । काठमाडौँ उपत्यका र बाहिरबाट धेरै माग भएको खण्डमा आवश्यकता अनुसार सहुलियत पसल थप गर्न सकिने सूचना अधिकारी न्यौपानेको भनाइ छ । ती पसलका आधारभूत खाद्यान्न सहुलियत मूल्यमा पाइने कम्पनीले जनाएको छ । उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल हुनेछ ।

साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी गर्ने जनाएको छ । कहिलेदेखि सो पसल सञ्चालन हुन्छ भन्ने भने निर्णय उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?