क्यान्टोनमेन्टकाे फाइल खाेल्ने प्रचण्डले हिम्मत गर्नुपर्छ : अध्यक्ष खत्रि

Read in 0.0 mintue

गणेश खनाल
अर्घाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले क्यान्टोनमेन्टमा भएका भष्टचारकाे फाइल खाेल्न प्रचण्डले नसक्ने दावी गर्नुभयाे । फाइल खाेल्दा प्रचण्ड माथिनै प्रश्न उठ्ने भएकाले साे फाइल नखाेलिने दावि खत्रीकाे रहेकाे छ ।
अमेरिका र भारतकाे स्वास्थ्यपुर्ति हुनजेल याे सरकार रहि रहने बताउनुभयाे । उहाले चिनलाइ कमजाेर बनाउन एमसिसि मार्फत अमेरिका प्रवेश गरेकाे दावी गर्नुभयाे ।
भारतलाइ खुसि राख्ने नागरिकता विधेयक प्रचण्डले पारित गरेकाे आराेप लगाउनुभयाे ।
भारतको दबाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरेको आरोप लगाएका छन् । उनले देशको अवस्था नबुझी अर्कैको इसारामा संघियता लागू गरिनु दुर्भाग्य रहेको बताए ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले यस्तो बताएका हुन् । उनले कुनै पनि बिषयबस्तुमा राम्रा र नराम्रा दुबै पक्ष हुने भन्दै संबिधानले ब्यवस्था गरेका धेरै पक्ष राम्रा भएपनि संघियता यसको दुर्वल पक्ष रहेको बताए । उनले राष्ट्रिय जनमोर्चाले बिरोध गरेको संघियताको गुण र अवगुणको बारे बहस गर्नु पर्ने जरुरी रहेको बताए ।
पत्रकारहरुले संघियताको संरचना मै बसेर संघीयताकै बारेमा बिरोध गर्नु कत्तिको उचित होला भनी सोधेको प्रशको जवाफ दिदै खत्रीले सिस्टममा नबसी सिस्टम सुधार गर्न नसकिने बताए । उनले संघियताको संरचना भित्रै बसि यसलाइ खारेज गर्ने आफ्नो पार्टीको मुख्य उदेश्य रहेको बताए ।
संघियताप्रती बिमती हुदाहुँदै पनि यो संरचनाको चुनाबमा सहभागी भइ संघियताको बारेमा जनतालाइ सुसूचित गरिरहेको उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?