कतारस्थित नेपाली राजदूतावासभित्र हातपात

Read in 0.0 mintue

दोहा, कतार।
कतारस्थित नेपाली राजदूतावासभित्र बसेको सर्वपक्षीय छलफलमा सहभागी माथी हातपात भएको घटना बाहिर आएको छ ।

गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको दशौ महाधिवेशनको सन्दर्भमा साउन ८ गते बसेको बैठकमा सहभागीमाथी कुटपिट भएको घटना सार्बजनिक भएको छ ।

दूतावासको बैठक कक्षमा भएको छलफलमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले आफू संगै प्रवासी नेपाली मञ्चका अध्यक्ष र नेपाली जनप्रगतिशील मञ्चका पश्चिम एशिया अध्यक्ष लगाएत माथि हातपात भएको भन्दै राजदूत नरेशविक्रम ढकाललाई न्यायका लागि निवेदन दिएका छन् ।

एनसीसी कतारले बोलाएको सर्वपक्षीय बैठकबाट राजदूत ढकाल निस्केपछि एनसीसीका तत्कालीन अध्यक्ष मोहम्मद मुक्तदाले अनधिकृत व्यक्तिलाई बोलाएर आफुहरु माथी हातपात गरेको आरोप भण्डारीले लगाएका छन् ।

‘महामहीमज्यू (राजदूत) ढकाल निस्केपछि एनसीसी अध्यक्षले विधि, विधान र पद्धति बाहिर गएर अनुचित निर्णयमा दस्तखत गर्न बल प्रयोग गरेको, दस्तखत गर्न नमान्दा योजनाकार मोहम्मद मुक्तदा मुसलमान र एनआरएनए आईसीसी सदस्य नरेश श्रेष्ठले अब्दुल रहमान, रामबहादुर हमाल लगायत गलत प्रवृत्तिका व्यक्तिहरू एक हुल (करिब २०/२५ जना) राजदूतावासको बैठक कक्षभित्र प्रवेश गराई क्रमशः सबैलाई कुटपिट/हातपात गरी भयाभहको स्थिति सिर्जना गराई बैठक कक्षलाई रणमैदानमा परिणत गरेको जानकारी गराउँछु,’ भण्डारीले दूतावासमा पेस गरेको निवेदनमा उल्लेख छ, ‘श्रीमानसमक्ष निज एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानसहित रामबहादुर हमाल, नरेश श्रेष्ठ, अब्दुल रहमानलगायत उक्त कुटपिट घटनामा संलग्न सबैलाई अनुसन्धान गरी हदैसम्मको कारबाही गरी पाऊँ ।’

कानुनी आधारका लागि दूतावासको बैठक कक्षमा रहेको सीसी क्यामराको फुटेज हेरेर पनि संलग्नहरुको पहिचान गर्न सकिने भण्डारीले निवेदनमा उल्लेख गरेका छन् ।

भण्डारीले नेपालीको अभिवावक नेपाली दूतावासले आफ्नै सभाहलमा घटेको घटनामा यतिका दिनसम्म न्याय दिन नसकेको भन्दै दु:ख व्यक्त गरेका छन् ।

एनसीसी कतारको दशौ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै गत शनिबार सम्पन्न भैसकेको छ । सो कार्यक्रमा प्रमुख अतिथिको लागि निमन्त्रणा गरिएका राजदूत डा. नरेशविक्रम ढकाल भने उपस्थित नै भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?