पहिरोमा परि मृत्यु भएका बालवालिकाको परिचय खुल्यो

Read in 0.0 mintue

गणेश खनाल

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ पणेना गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । मंगलवार बिहान करिब ७ बजेतिर गएको पहिरोमा परि अन्दाजी ७ वर्षका गोरक्षनाथ आविमा कक्षा ३ मा अध्ययन गर्ने धनबहादुर राष्कोटी, नेरामाविमा कक्षा ४ मा अध्ययन गर्ने अन्दाजी ९ वर्षका खुमबहादुर राष्कोटी र कक्षा ५ मा अध्ययन वर्ष १० अञ्जना राष्कोटीको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद प्रोखरेल जानकारी दिनुभयो ।
एउटै घरका दुई भाईका छोराछोरीको मृत्यु भएको घटनास्थलमा पुगेका स्थानिय विष्णुभक्त पोख्रेलले जानकारी दिनुभयो ।
एकजना बालक सचिन राष्कोटीलाई उद्धार गरी उपचारका लागी पाल्पा पठाईएको प्रहरी नायव उपरिक्षक मुकन्द रिजालले जानाकारी दिनुभयो । घरमाथी रहेको बारीको छेउबाट पहिरो झर्दा घर पुरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?